साताको अन्तिम दिन नेप्से बढ्यो, नेप्से ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साताको अन्तिम दिन नेप्से  बढ्यो, नेप्से ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा
विहिबार नेप्से सूचक ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा अडिएको छ । १७७ कम्पनीको ८३ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३८ लाख ४९ हजार ७२२ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा ५ समूहका सूचक माथि लागेका छन् । 
खरिदबिक्रीमा सिभिल बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । यसको २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन स्वाभिमान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, समता, घोडिघोडा लगायत लघुवित्त कम्पनीहरुको १०% ले भाउ बढेर सर्किट ब्रेकर लागेको छ । सबैभन्दा धेरै रिलायन्स फाइनान्सको सेयर भाउ ५.७३% ले घटेको छ । 
Read More