बुधबार नेप्से सूचक ७.३२ अंकले घटेर १२०९.६० विन्दुमा अडिएको छ । १७२ कम्पनीको ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २१ लाख ८८ हजार ४९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा ५ समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह भने ११.२१ अंकले घटेको छ ।
वोमी लघुवित्तको सबैभन्दा धेरै ७ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समता लघुवित्त र वोमी लघुवित्तको १०% ले भाउ बढेपछि सर्किट ब्रेकर लागेको छ । यता, लुम्बिनी विकास बैंकको सबैभन्दा धेरै ७.३५% ले भाउ घटेको छ ।





