मंगलबार नेप्से सूचक १६.२३ अंकले बढेर १२१६.९२ विन्दुमा आइपुगेको छ । १७९ कम्पनीको १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३८ लाख ८० हजार ९५० कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा १० वटा समूहको सूचक बढेका छन् । वाणिज्य बैंक समूहको सूचक १९.०३ अंकले बढेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ८६.५६ अंकले माथि लागेको छ ।
कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । माछाको १९ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा एनआइसी एसिया र प्रभु बैंक परेका छन् । ४ वटा कम्पनीमा भाउ बढेर सर्किट ब्र्रेकर लागेको छ । सिभिल लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त, सेन्ट्रल फाइनान्स, सबैको लघुवित्तको भाउ १०% ले बढेपछि सर्किट लागेको हो । सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको भाउ ३.९३% ले घटेको छ ।





