सोमबार नेप्से सूचक १८.२६ अंकले बढेर १२००.६९ विन्दुमा गएर अडिएको छ । १७८ कम्पनीको ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २६ लाख ८३ हजार ६१० कित्ता सेयर खरिदबिक्री भएका छन् । ट्रेडिङ बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूहको सूचक २५.८६ अंकले बढेको छ । खरिदबिक्रीमा एनआइसी एसिया बैंकले अग्रता लिएको छ ।
यसको ८ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । वोमी माइक्रोफाइनान्सको भाउ १०% ले बढेपछि सर्किट ब्रेकर लागेको छ । सबैभन्दा धेरै नेको इन्सुरेन्सका लगानीकर्ताले ४.९४% ले गुमाएका छन् ।





