आइतबार नेप्से सूचक १६.०९ अंकले बढेर ११८२.३१ विन्दुमा आइपुगेको छ ।
१७३ कम्पनीको ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २० लाख ८२ हजार ८७४ कित्ता सेयर खरिदबिक्री भएका छन् । नेप्सेमा कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ८३.६८ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूह पनि १६.७४ अंकले बढेको छ । विशेष गरी वाणिज्य बैंक समूह माथि गएकाले नेप्से दोहोरो अंकले बढ्न सहयोग पुगेको हो । खरिदबिक्री रकममा शिवम सिमेन्ट्सले अग्रस्थान लिएको छ । शिवमको ५ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन वोमी लघुवित्त र ग्रामीण विकास लघुवित्तको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्सका लगानीकर्ता छन् । यसको भाउ ५.६३% ले घटेको हो ।





