बिहीबार नेप्से सूचक ३.२९ अंकले घटेर ११६६.२१ विन्दुमा अडिएको छ । १७० कम्पनीको ५३ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १६ लाख ६० हजार ४०६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको कारोबार भएकामा ३ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह माथि लागेको छ । वाणिज्य बैंक समूह भने २.२ अंकले घटेको छ । सेयर खरिदबिक्री रकममा शिवम् सिमेन्ट्सले अग्रता लिएको छ । शिवमको ९ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । खरिदबिक्री रकममै दोस्रो स्थानमा भने नेपाल लाइफ इन्सुरेन्स परेको छ । यस दिन सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.३३% का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) परेको छ । यसको भाउ ७.५८% घटेको हो ।





