नेप्से सूचक बुधबार ३.४७ अंकले बढेर ११६९.५० विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से सूचक बुधबार ३.४७ अंकले बढेर ११६९.५० विन्दुमा

नेप्से सूचक बुधबार ३.४७ अंकले बढेर ११६९.५० विन्दुमा आइपुगेको छ । १७६ कम्पनीको ३७ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ११ लाख ७५ हजार ३१३ कित्ता सेयर खरिदबिक्री भएको हो । कुल १२ समूहको कारोबार भएकामा ८ समूहका सूचक माथि लागेका छन् । सबैभन्दा धेरै होटेल समूहमा तेजी आएको छ । यस समूहको सूचक १६८.३२ अंकले बढेको हो ।

वाणिज्य बैंक समूह पनि ३.३७ अंकले बढेको छ । यस दिन सबैभन्दा धेरै ओरियन्ट होटलको कारोबार भएको छ । यसको २ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । दोस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा तारागाउँ रिजेन्सी होटल परेका छन् । नेप्सेमा सूचीकृत ३ वटै होटलको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । तारागाउँ, ओरियन्ट र सोल्टी होटेलको १०% ले भाउ बढेपछि सर्किट लागेको हो । 

Read More