मंगलबार नेप्से सूचक १.९२ अंकले घटेर ११६६.०३ विन्दुमा अडिएको छ । १७७ कम्पनीको ४४ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ लाख २ हजार ९८६ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा ६ समूहको सूचक माथि लागेको छ । सबैभन्दा धेरै होटेल समूहको सूचक बढेको छ । यता, वाणिज्य बैंक समूह पनि २.०४ अंकले माथि लागेको छ । कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । यसको ६ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकमकै आधारमा दोस्रो स्थानमा शिवम सिमेन्ट्स परेको छ । यसको २ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले ७.८०% का दरले कमाएका छन् । अधिकतम गुमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता छन् । यसको भाउ ५.८९% ले घटेको हो ।





