यस साताको पहिलो दिन नेप्से ४.९९ अंकले घटेर १,१६२. ४३ को विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यस साताको पहिलो दिन नेप्से ४.९९ अंकले घटेर १,१६२. ४३ को विन्दुमा

 नेप्से सूचक आइतबार ४.९९ अंकले घटेर ११६२.४३ विन्दुमा अडिएको छ । १८१ कम्पनीको ४२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१५ लाख ५४ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकामा ४ समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ८०.७२ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने ८.६५ अंकले तल झरेको छ ।  कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । यसको ४ करोड ८४ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । यस दिन साल्ट ट्रेडिङ कम्पनीको १०% ले भाउ बढेर सर्किट ब्रेकर लागेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ६.६६% ले गुमाएका छन् । 

Read More