बिहीबार नेप्से ०.६२ अंकले घटेर ११६७.४१ विन्दुमा अडिएको छ । १७२ कम्पनीको ५८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १६ लाख ४१ हजार २११ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ४ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापारिक समूह ३५.७२ अंकले बढेको छ । वाणिज्य बैक समूहको सूचक पनि ०.६९ अंकले बढेको छ ।
खरिदबिक्री रकममा नेपाल बैंकको अग्रता छ । यसको १३ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि आम लगानीकर्ता यसमा झुम्मिएका हुन् । यस दिन नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.८०% का दरले कमाएका छन् । यता, सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता छन् । यसको भाउ ७.६२% ले घटेको हो ।





