आइतबार नेप्से परिसूचक १.१७ अंक बढेर एक हजार १५०.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स यस दिन ०.२५ अंक घटेर २५१.५९ विन्दुमा झरेको छ। यस दिन फ्लोट इण्डेक्स ००४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ। यस दिन १६७ कम्पनीको ६ हजार ८७ पटकको कारोबारमा ३७ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको १४ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। उत्पादनमूलक र होटल उपसमूहको परिसूचक यस दिन क्रमशः ३.२९ र २.५५ % बढेको छ। यस दिन अन्य उपसमूहको ०.९, म्युचुअल फण्डको ०.५८, विकास बैंकको ०.२२ र लघुवित्तको ०.०९ % बढेको छ।
व्यापार उपसमूहको परिसूचक यस दिन १.८५, जीवन बीमाको ०.८, वित्त र निर्जीवन बीमाको ०.५४, जलविद्युतको ०.१७ र बैकिङ्गको ०.०९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन भने शिवम् सिमेन्ट्स शिर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ७६ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा घटेपछि शिवम्को शेयरमूल्य ओरालो लागेको थियो। शेयरमूल्य घटेर सस्तिएका कारण अहिले लगानीकर्ताहरु कम्पनीको शेयर खरिद गर्नतर्फ लागेको देखिन्छ। एनएमबि बैंकको यस दिन ३ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, नेपाल बैंक र नबिल बैंकको कारोबार रकम यस दिन २ करोड नाघेको छ भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सूर्या लाइफ इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक शेयरको १ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।





