साताको अन्तिम दिन  नेप्से २. ४२ अंकल घटेर १,१४९. ६४ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साताको अन्तिम दिन  नेप्से २. ४२ अंकल घटेर १,१४९. ६४ विन्दुमा

यस साताको अन्तिम दिन  नेप्से २. ४२ अंकल घटेर १,१४९. ६४ अंकको विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स, जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचक बढेका छन् । दिनभरिमा १ सय ७२ कम्पनीको १२ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४१ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंकको १२ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।त्यसैगरि, प्राइम कमर्सियल बैंकको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, नेपाल लाइफ यनस्योरेन्स, शिवम् सिमेन्ट र नबिल बैंकको १ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९० लाखमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ %का दरले कमाएका छन् भने सबैभन्दा धेरै दिव्यस्वशरी हाइड्रोपावरका लगानीकर्ताले ६ %का दरले गुमाएका छन् ।

Read More