बुधबार नेप्से ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा अडिएको छ । १६५ कम्पनीको २९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ४७ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ समूहको कारोबार भएकोमा ३ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापारिक समूह २०.१९ अंकले बढेको छ । कारोबार रकममा एनएमबि बैंक अग्रस्थानमा छ । यसको ४ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । विशाल बजार, नेपाल फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सर्किट ब्रेकर लाग्ने गरी बढेको छ । नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७.६९% ले गुमाएका छन् ।





