नेप्से सूचक मंगलबार १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से सूचक मंगलबार १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा

नेप्से सूचक मंगलबार १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा अडिएको छ । १६७ कम्पनीको २७ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ लाख ४० हजार ६७७ कित्ता सेयर कारोबार भएको छ । १२ समूहको कारोबार भएकामा ८ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ४६.५८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने १.५९ अंकले घटेको छ । खरिदबिक्री रकममा एनएमबि बैंकको अग्रता छ । यसको ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.६८% का दरले कमाएका छन् । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६.८९% का दरले गुमाएका छन् । 
 

Read More