यस साताको अन्तिम दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से ११.१७ अंकले बढेर ११७२.६४ बिन्दुमा पुगेको छ । यस दिन बीमा कम्पनीहरुको नाफा उच्च गरेका छन् । यस दिन कारोबार शुरु भएदेखि नेप्से बढ्दै गएको थियो । बीचमा केही घट्ने बढ्ने हुँदै कारोबार बन्द हँुदा थोरै घटे पनि नेप्से दोहोरो अंकको वृद्धिमा कायम भएको छ । कुल १६८ वटा कम्पनीको २१ लाखभन्दा बढी कित्ता शेयर ७६ करोड ४० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकँगै कारोबार रकम र शेयर संख्यामा पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज कारोबारमा आएका समूहमध्ये उत्पादन समूह, अन्य र लघुवित्त समूहबाहेक सबै समूह बढेका छन् ।
बिहीबार स्वाबलम्वन लघुवित्तको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ८ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४५ % लाभांश घोषणा गरेको डिप्रोक्स लघुवित्तको पनि ४ करोडभन्दा बढीको कारोबार भएको छ र बिहीबार एभरेष्ट इन्स्योरेन्सस कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १०% ले बढेको छ । त्यसबाहेक सौर्य लाइफ, हिमालयन जनरल इस्योरेन्स, सगरमाथा इस्योरेन्स, हिमलयन ऊर्जा विकास कम्पनी, आइएमई जनरल इस्योरेन्सलगायतका कम्पनीको पनि करिब १०% ले शेयर मूल्य बढेको छ र गुराँस लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।





