बुधबार नेप्से सूचक १०.११ अंकले बढेर ११६१.४७ विन्दुमा आइपुगेको छ । १७३ कम्पनीको ५५ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २० लाख ४३ हजार ६०५ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । बिमा कम्पनीहरु र माइक्रोफाइनान्स समूहमा बढी चमक आएको छ । वाणिज्य बैंक समूह पनि सकारात्मक बनेको छ ।
यस दिन ५ कम्पनीमा भाउ बढेर सर्किट ब्रेकर लागेको छ । नेपाल सेवा लघुवित्त, डिप्रोक्स लघुवित्त, युनाइटेड इन्सुरेन्स, गणपति माइक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तमा भाउ बढेर सर्किट लागेको छ । यता, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ३.९५% ले गुमाएका छन् । खरिदबिक्री रकममा नेपाल बंगलादेश बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । यसको ६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।





