मंगलबार नेप्से २.४८ अंक बढेर एक हजार १५१.३६ बिन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३३, फ्लोट ०.२६ र सेन्सेटिभ फ्लोट ०.२८ अंक बढेको छ। यस दिन १७० कम्पनीको ७ हजार ४ पटकको कारोबारमा ५० करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ४.९७ % बढेको छ। त्यसैगरी, होटलको १.५७, बैंकिङ्गको ०.६८, जीवन बीमाको ०.१७, म्युचुअल फण्ड, लघुवित्त र विकास बैंकको ०.१२ % बढेको छ भने वित्तको ०.०८ % बढेको छ। अन्य उपसमूहको परिसूचक यस दिन १.६८, जलविद्युतको ०.४८, उत्पादनको ०.३८ र निर्जीवन बीमाको ०.०७ % घटेको छ।
कारोबारको आधारमा माछापुच्छ्रे बैंक अगाडि रहेको छ र यस बैंकको साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन एनएमबी बैंकको करिब ४ करोड बराबरको शेयर खरिदबिक्री भएको छ भने कृषि विकास बैंकको करिब ३ करोड बराबरको शेयर कारोबार भएको छ। यस दिन डिप्रोक्स लघुवित्त, नेपाल बैंक, प्रभु बैंक, सोल्टी होटल, लुम्बिनी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र स्वाबलम्बन लघुवित्तको कारोबार रकम १ करोड नाघेको छ। यस दिन नयाँ नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५३ रुपैयाँ बढेर ५८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ९.७६, माउन्टेन हाइड्रोको ६.६७, साल्ट ट्रेडिङ्गको ६.६२ र लुम्बिनी विकास बैंकको ६.३२% बढेको छ। अरुण काबेलीको शेयरमूल्य यस दिन ४.०९, नेशनल हाइड्रोको ३.७७, आँखुखोला जलविद्युतको ३.५०, आँधीखोला लघुवित्तको ३.४९ र सिन्धुको ३.२% घटेको छ।





