सोमबार नेप्से सूचक १३.५१ अंकले बढेर ११४८.८९ विन्दुमा आइपुगेको छ । बजार १.१९% ले बढेको हो । १७३ कम्पनीको ४६ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १४ लाख ५९ हजार ७०० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ समूहमध्ये १० समूहको सूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १५६.३४ अंकले बढेको छ ।
बिमा र बैंक समूहहरुले बजारलाई माथि लैजान महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । वाणिज्य बैंक समूह पनि ७.९१ अंकले माथि लागेको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । यसको २ करोड २८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सबैभन्दा धेरै नाडेप लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यसको १०%ले भाउ बढेपछि सर्किट ब्रेकर लागेको हो । यसैगरी, नेपाल सेवा, समिट लघुवित्त, समता माइक्रोफाइनान्स लगायतका कम्पनीको पनि भाउ बढेर सर्किट लागेको छ ।





