शेयर बजारमा हरियाली, नेप्से ३.४५ अंकले बढेर ११३५.३७ बिन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर बजारमा हरियाली, नेप्से ३.४५ अंकले बढेर ११३५.३७ बिन्दुमा

यस साताको पहिलो दिन नेप्से ३.४५ अंकले बढेर ११३५.३७ बिन्दुमा कायम रहेको छ । १७१ वटा कम्पनीको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ । ट्रेडिङ, विकास बैंक, बैंक, होटल, माईक्रोफाइनान्स र अन्य क्षेत्रमा हरीयाली छाएको छ भने अन्य कम्पनीहरुको उपसूचकमा गिरावट आएको छ । नेपाल लाइफको प्रमोटर शेयरको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको २ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ७ % ले बढेको छ । नेश्नल माईक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ % ले घटेको छ ।

Read More