विहीबार शेयर बजारमा हरियाली, नेप्से ७.४५ अंकले बढेर १,१३१.९२ को विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विहीबार शेयर बजारमा हरियाली, नेप्से ७.४५ अंकले बढेर १,१३१.९२ को विन्दुमा

यस साताको अन्तिम दिन  शेयर बजारमा हरियाली छाएको छ । यस दिन  नेप्से ७.४५ अंकले बढेर १,१३१.९२ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २.९३%, १ .७७ % ले निर्जीवन बीमा समुह र माइक्रोफाइनान्स १.६१ % ले बढेका छन् । यस दिन जीवन बीमा समुह, निर्जीवन बीमा समुह र माइक्रोफाइनान्सको शेयर किन्नलाई लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । आज दिनभरिमा १ सय ६८ कम्पनीको १० लाख ९५ हजार १ सय ८८ कित्ता शेयर किनजबेच हुँदा ३५ करोड ८८ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेरेन्सको ३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरि, एनएमबि बैंकको २ करोड २२ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्त, नेपाल बैंक, हिमालयन डिस्टीलरी, सामुदायिक लघुवित्तको १ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया, नबिल बैंक र नेपाल बङलादेश बैंकको भने ९० लाखमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै समिट लघुवित्तका लगानीकर्ताले ७.७८% का दरले कमाएका छन् भने सबैभन्दा धेरै दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले ७ % का दरले नै गुमाएको छ ।

Read More