बुधबार सेयर बजारमा चमक आएको छ र कारोबार रकममा समेत सुधार आएको छ । यस दिन नेप्से परिसूचक ८.७३ अंकले सुधार आएर ११ २४.४७ अंकमा पुगेको छ । मंगलबार ३ अंकले बजार बढेको थियो । उक्त दिन ४ हजार ९ सय ५१ वटा कारोबार हुँदा १६९ कम्पनीका ९ लाख ९० हजार २ सय ७४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३० करोड ८२ लाख १४ हजार ४ सय ६५ रुपैयाँ पुगेको छ । बुधबार सबै समूह बढ्दा बजार पुरै हरियाली देखिएको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीको बुधबार २ करोड ८२ लाख ४२ हजार ९ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा एनआइशी एशिया दोस्रो नम्बरमा देखिएको छ भने एनएमबि बैंक तेस्रो नम्बरमा देखिएको छ । यि बैंकहरुको क्रमशः २ करोड ९३ लाख ६० हजार रुपैयाँ र १ करोड ७२ लाख ५० हजार रुपैयाँ बढीको कारोबार भएको छ ।





