नेप्से सूचक बिहीबार ४.६७ अंकले घटेर १११२.७९ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेप्से सूचक बिहीबार ४.६७ अंकले घटेर १११२.७९ विन्दुमा

 नेप्से सूचक बिहीबार ४.६७ अंकले घटेर १११२.७९ विन्दुमा आइपुगेको छ । यस दिन १६६ कम्पनीको ४ हजार ५४१ पटकको कारोबारमा २४ करोड ३३ लाख ९१ हजार बराबरको १२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।  जीवन बिमाबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । कारोबार रकममा हिमालयन डिस्टिलरीले अग्रता लिएको छ । कम्पनीले घोषणा गरेको १०२ % लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस कम्पनीको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन्। कम्पनीको शेयरमूल्य यस दिन ३८ रुपैयाँ बढेर एक हजार ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बिहीबार एनएमबी बैंक, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १ करोड नाघेको छ।

यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ५.२६, पाँचथर पावर कम्पनीको ५.०५, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.१४, एक्सेल डेभलपमेन्ट बैंकको ३.९३ र गुराँस लघुवित्तको ३.६८ % बढेको छ। साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य यस दिन ५.९, ग्लोबल आईएमई समुन्नत स्कीम १ को ५.६, जनउत्थान सामुदायिक लघुवित्तको ४.२४, अरुण भ्याली हाइड्रोपावरको ४.०८ र नबिल इक्विटी फण्डको ३.८ % घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमाको परिसूचक यस दिन ०.३७ % बढेको छ। व्यापार उपसमूहको परिसूचक यस दिन ४.२८, म्युचुअल फण्डको १.४६ र उत्पादनको १.२ % घटेको छ।

Read More