बुधबार नेप्से परिसूचक ८.३० अंक बढेर एक हजार ११७.४६ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बुधबार नेप्से परिसूचक ८.३० अंक बढेर एक हजार ११७.४६ विन्दुमा

बुधबार नेप्से परिसूचक ८.३० अंक बढेर एक हजार ११७.४६ विन्दुमा पुगेको छ। १६५ कम्पनीको ३ हजार ५९८ पटकको कारोबारमा २१ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन रिडी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। अंकित मूल्यभन्दा कम बजार मूल्य रहेको यस हाइड्रोको शेयरमूल्य यस दिन ७ रुपैयाँ बढेर ७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्सको  शेयरमूल्य यस दिन १० रुपैयाँ बढेर ११६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य यस दिन ६.५२, गुराँस लघुवित्तको ६.२५ र एनएमबी हाइब्रिड फण्डको ५.८४ % बढेको छ।

साल्ट ट्रेडिङ्गको शेयरमूल्य यस दिन ६.९२ % अर्थात ९९ रुपैयाँ घटेर एक हजार ३३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पछिल्ला केही दिनहरुमा कम्पनीको शेयरमूल्यमा निरन्तर सर्किट लागिरहेको थियो। शेयरमूल्य उच्च बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न कम्पनीको शेयरमूल्य घटेको हो। बुधबार एनएमबी बैंकको २ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन डिष्टिलरी, नबिल बैंक र नेपाल बैंकको यस दिन १ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.७३ % बढेको छ। त्यसैगरी, जीवन बीमा, लघुवित्त, अन्य र उत्पादन उपसमूहका परिसूचक १ % भन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार समूहको परिसूचक मात्र यस दिन ५.२७ % घटेको छ।

 

Read More