नेप्से परिसूचक मंगलबार ०.९१ अंकले घटेर ११०९.१६ विन्दुमा अडिएको छ । १६५ कम्पनीको २९ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ११ लाख ३४ हजार १५ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा ३ वटा समूह हरिया देखिएका छन् ।
कारोबार रकममा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । यसको ५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ६% का दरले कमाएका छन् । सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.६६% ले गुमाएका छन् ।





