सोमबार नेप्से सूचक १११०.०८ विन्दुमा स्थिर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 सोमबार  नेप्से सूचक १११०.०८ विन्दुमा स्थिर

 सोमबार  नेप्से सूचक १११०.०८ विन्दुमा स्थिर  अवस्थामा देखिएको छ । यस दिन  २८ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ र उक्त दिन बैंकिङ समूह १.०४ अंकले घटेको यो दिन व्यापार समूहमा ४.२२ अंक, विकास बैंक समूहमा १.२१ अंक, जीवन बिमा समूहमा २४.१६ अंक, निर्जीवन बिमा समूहमा १८.९२ अंक र म्युचुअल फण्ड समूहमा ०.०५ अंकको गिरावट आएको छ । होटल समूह ८.२७ अंकले बढेको छ भने जलविद्युत समूह १.९४ अंक, बित्त समूह १.४ अंक, उत्पादन तथा प्रशोधन समूह ०.८४ अंक, माइक्रोफाइनान्स समूह ३.७९ अंक र अन्य समूह ५.०३ अंकले बढेका छन् । राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.०८ अंकले बढेको छ ।

यो दिन बजारमा १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता सेयर २८ करोड ८८ लाख ५८ हजार  ४८४ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको  ३ करोड ६० लाख बढीको संस्थापक सेयर किनबेच भयो ।

नेपाल बैंकले ३ करोड ५२ लाख बढीको कारोबार गर्यो भने एनएमबी बैंकले २ करोड ६ लाख, प्राइम कमर्सियल बैंकले ९९ लाख, एनसीसी बैंकले ७९ लाख, नवील बैंकले  ७६ लाख, सिटिजन्स बैंकले ६२ लाख, प्रभू बैंकले ५८ लाख, सिभिल बैंकले ५४ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले  ५२ लाख बढीको कारोबार गरेका छन् । यो दिन बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५.५४ % बढ्यो । पञ्चकन्या माई हाइड्रो र स्ट्याण्डर्ड चार्टर्डका लगानीकर्ताले धेरै गुमाए । पञ्चकन्याको सेयर मूल्यमा ६.०९ र स्ट्याण्डर्ड चार्टर्डको मूल्यमा ५.४० % गिरावट आयो ।

Read More