नेप्से १०.५४ अंकले घटेर १११०.०८ बिन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेप्से १०.५४ अंकले घटेर १११०.०८ बिन्दुमा

 नेप्से १०.५४ अंकले घटेर परिसूचक १११०.०८ बिन्दुमा झरेको छ । कुल १६२ वटा कम्पनीको ९ लाख २९ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा भएका सबै उपसूचकहरुमा गिरावट आएको छ । एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात २ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेशनल हाईड्रोपावरको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि करिब ४ प्रतिशतले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

Read More