नेप्से सूचक बुधबार १.६५ अंकले घटेर ११२८.३४ विन्दुमा अडिएको छ । १६५ कम्पनीको ३० करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अघिल्लो दिन भन्दा वृद्धि भएको देखिन्छ । खरिदबिक्री रकम बढ्दै जानुले सरकात्मक संकेत देखाउँछ । १० लाख ९७ हजार ९२० कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको सेयर खरिदबिक्री भएकामा २ वटा समूह माथि लागेका छन् । वाणिज्य बैंक समूहको सूचक पनि हरियो देखिएको छ । खरिदबिक्री रकममा एनएमबि बैंक अग्रस्थानमा छ । यसको ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसको भाउमा बुधबार पनि सर्किट ब्रेकर लागेको हो । घोडीघोडा लघुवित्तको पनि सर्किट ब्रेकर लाग्ने गरी नै मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउनेमा रिडी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ता छन् । यसको भाउ ६.६६%घटेको छ ।





