नेप्से सूचक मंगलबार १.१४ अंकले घटेर ११२९.९९ विन्दुमा अडिएको छ । १६३ कम्पनीको २५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १० लाख १६ हजार ४० कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ६ वटा बढेका छन् भने ६ समूह तल झरेका छन् । वाणिज्य बैंक समूहमा १.६२ अंकको गिरावट आएको छ । सोल्टी, तारागाउँ लगायतका कम्पनीको भाउ बढ्दा होटेल समूह सबैभन्दा बढी ४९.११ अंकले बढेको छ । खरिदबिक्री रकममा एनएमबि बैंकको अग्रता कायमै छ । यसको ३ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले १०% का दरले कमाएका छन् । यसमा सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको हो । घोडीघोडा लघुवित्तमा पनि बढेर सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स, ङादी ग्रुप पावरको सेयर पनि ९% भन्दा बढीले भाउ बढेको छ र सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर ७.९३५%ले घटेको छ ।





