नेप्से ०.२४ अंकले घटेर ११३१.१२ बिन्दुमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेप्से  ०.२४ अंकले घटेर ११३१.१२ बिन्दुमा

सोमबार फेरी नेप्सेमा  झिनो अंकको गिरावट भएको छ ।  आइतबार ४.५९ अंकले घटेको नेप्से यस दिन फेरी ०.२४ अंकले घटेर परिसूचक ११३१.१२ बिन्दुमा झरेको छ । 
कुल १६० वटा कम्पनीको ११ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घटे पनि आज कारोबार रकम र शेयर संख्या भने अघिल्लो दिनभन्दा थोरै बढेको छ । आज कारोबारमा आएका समूहमध्ये जलविद्युत्, उत्पादन, अन्य  र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह बढेका छन् । आज  नेपाल बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ८ करोड ३९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । 
अघिल्ला दिनमा जस्तै सोमबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ ।  आज युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ । 

Read More
  • MBL