नेप्से बुधबार ४.८० अंकले घटेर ११३५.१६ विन्दुमा अडिएको छ । १५४ कम्पनीको २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ८ हजार ३६३ कित्ता सेयर खरिदबिक्री भएका छन् । ११ समूहको कारोबार भएकामा ३ समूहका सूचक बढेका छन् भने बाँकी समूह तल लागेका छन् । खरिदबिक्री रकममा एनएमबि बैंकले अग्रता लिएको छ । एनएमबिको ३ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी साल्ट ट्रेडिङका लगानीकर्ताले ७.९२५ का दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीको लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् जसको भाउ ५.५१% ले घटेको छ ।





