नेप्सेमा चमक, नेप्से बजार १३.७७ अंकले बढेर ११४५.५७ अंकमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेप्सेमा चमक, नेप्से  बजार १३.७७ अंकले बढेर ११४५.५७ अंकमा

सोमबार नेप्से बजार १३.७७ अंकले बढेर ११४५.५७ अंकमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ३.२८ अंकले बढेर २५२.२९ अंकमा पुगेको छ।
यस्तै आज कारोबार रकममा पनि वृद्धि भएको छ। दिनभरिमा १७५ कम्पनीको १९ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ५४ करोड ९९ लाख ८२ हजारको कारोबार भएको छ।
विगत दुई महिनामा शेयर कारोबारमा निकै गिराबट आएको थियो। गत भदौ १७ मा ५१ करोडको कारोबार भएको थियो। त्यसपछि ५० करोड बढीको कारोबार भएको यो पहिलो पटक हो। खरिदबिक्रीमा एनएमबि बैंक अग्रस्थानमा छ । यसको १३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको भाउ १०% ले बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एनआइबीएल समृद्धि फन्ड १ परेको छ । यसको भाउ ५.७७% ले घटेको छ । 

Read More