यस साताको अन्तिम दिन नेप्से ६.०५ अंकले घटेर ११३१.९७ विन्दुमा आइपुगेको छ । १६३ कम्पनीको ३७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १२ लाख ९६ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएका छन् । नेप्सेमा ११ वटा समूहको सेयर कारोबार भएको देखिएको छ । जसमा ३ समूहको सूचक बढेका छन् । तर विकास बैंकहरुको सेयर कारोबार भए पनि नेप्सेको साइटमा यस समूहको उपसूचक देखिएको छैन ।
उक्त दिन सबैभन्दा धेरै एनएमबी बैंकको ११ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । साल्ट ट्रेडिङको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । रिडी हाइड्रको सेयर भाउ सबैभन्दा बढी ५.१९% ले घटेको छ । नेप्सेको प्राविधिक गडबढीका कारण आम लगानीकर्ता भने अन्योलमा परेका छन् । विकास बैंकहरुको सेयर कारोबार हुने तर नेप्सेको साइटमा यो समूहको उपसूचक नदेखिनुले लगानीकर्ता दुविधामा परेका हुन् । यस दिन वाणिज्य बैंक समूहको सूचक ६.६६ अंकले घटेको छ ।





