मंगलबार नेप्से ११४०.२२ अंकबाट कारोबार सुरु भएको शेयर बजार ०.८१ अंकले घटेर ११३९.४५ विन्दुमा पुगेको हो। यस दिन १ सय ६२ कम्पनीको १० लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २८ करोड ४४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ। सोमबार १७ करोडको कारोबार भएको थियो।
आज उपसूचकहरु पनि ओरालो लागेका छन्। आज बैंकिङ ०.४, उत्पादन उपसूचक १६.५२, माइक्रोफाइनान्स १ तथा म्युचुअल फन्ड ०.१७ अंकले बढे भने ट्रेडिङ सुचक भने आज अज स्थिर रह्यो। बाँकी सबै उपसूचक भने ओरालो लागे। मंगलबार सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयर कारोबार भएको छ। प्रभु बैंकको प्रमोटर शेयर ३ करोड ९४ हजार २३ लाखको कारोबार भयो भने दोस्रोमा साल्ट टे«डिङ कर्पोरेसनको शेयर २ करोड ६३ लाख रुपैयाँको कारोबार भयो ।





