साताको दोस्रो दिन सोमबार नेप्से ०.९७ अंकले बढेर ११४०.२६ विन्दुमा आइपुगेको छ । कुल १९ करोड १८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश पिआरभियु र सीएचसीएलले गरेका छन् । यस दिन कारोबारमा भएका समूहमध्ये होटल, जलविद्युत्, निर्जीवन, उत्पादन, लघुवित्त, जीवन बीमा र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूह घटेका छन् । यस नबिल बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको करिब दुई करोड रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचकमा झिनो सुधार भएको दिन ग्लोबल आइएमई लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, जोशी हाइड्रोपावरकम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर करिब पाँच प्रतिशतले घटेको छ ।





