साताको पहिलो दिन नेप्से ६.८८ अंकले घटेर १,१३९.२९ को विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साताको पहिलो दिन नेप्से ६.८८ अंकले घटेर १,१३९.२९ को विन्दुमा

साताको पहिलो दिन  ६.८८ अंकले घटेर १,१३९.२९ को विन्दुमा कायम भएको छ । म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक समुह ३७ अंकले घटेको छ । दिनभरिमा १ सय ६१ कम्पनीको ७ लाख ८४ हजार ७ सय ४० कित्ता शेयर खरिदविक्री हुँदा १७ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ र प्रभु बेंकको सबैभन्दा धेरै १ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

साथसाथै देव विकास बैंक प्रोमोटर शेयरको १ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । मेगा बैंक र नविल बैंकको ६० लाखमाथिको कारोबार भएको छ । नपाल लाइफ इन्स्योरेन्स, लक्ष्मी बैंक, एनआइसी एशिया बैंको ४० लामाथिको कारोबार भएको छ ।सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै मेगा बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

Read More