आज बिहिबार नेप्से परिसूचक ३.१७ अंक घटेर १ हजार १४६.१७ विन्दुमा आइपुगेको छ भने रू. २५ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका ११ समूहमध्ये होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक घट्न पुगेको हो । आज कारोबारमा आएका १५५ कम्पनीमा ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । साथै, १९ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
यो साता नेप्से परिसूचक तिहार विशेष सार्वजनिक बिदाका कारण बिहीवार मात्र कारोबार भएको हो । सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य ३ अंक बढेर २५२ दशमलव शुन्य ८ विन्दुमा बन्द भएको छ । यस दिन सबै भन्दा बढी प्राइम कमर्शियल बैंकको संस्थापक तर्फको शेयर कारोबार भएको छ । कम्पनीको ३ लाख कित्ता शेयरको खरीदविक्री हुँदा रू. ६ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रोमा मेगा बैंकको रू. २ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । बिहीवार नविल इक्वीटी फन्डको एकाईमूल्यमा नकारात्मक सर्किट ब्रेक लाग्दा कम्पनीको एकाईमूल्य ९ दशमलव ९३ प्रतिशत घटेर अन्तिम एकाईमूल्य रू. ७ दशमलव ४३ कायम भएको छ ।





