बिहीबार नेप्से सूचक ६.७३ अंकले बढेर ११४९.३४ विन्दुमा आइपुगेको छ र यस दिन १५५ कम्पनीको ३२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन कुल १२ लाख ४ हजार १५ कित्ता सेयर खरिदबिक्री भएका छन् । अघिल्लो दिनहरुको तुलनामा कारोबार रकम करिब दोब्बरले वृद्धि भएको छ । निर्जीवन बिमा बाहेक कारोबार भएका बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह ६.६३ अंकले माथि लागेको छ । कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । माछाको ७ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकममा दोस्रो र तेस्रोमा एनआइसी एसिया र प्रभु बैंक परेका छन् । अरुण भ्याली हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.३३% ले कमाएका छन् । अधिकतम गुमाउनेमा अरुण काबेली हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ ५.७९% ले घटेको छ ।




