मंगलबार नेप्से २.४० अंकले बढेर ११३४.७९ विन्दुमा अडिएको छ । यस दिन १५५ कम्पनीको १६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ र ६ लाख ४५ हजार ४५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका ११ वटा समूहमध्ये ६ समूहका सूचक बढेका छन् बाँकी ५ वटा समूह राता छन् । वाणिज्य बैंक समूहको सूचक ४।४५ अंकले बढेको छ ।
कारोबार रकममा नबिल बैंक अग्रस्थानमा छ । यसको १ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अधिक कारोबार भएका शीर्ष १० स्थानमा सबै वाणिज्य बैंकहरु परेका छन् । भाउ निकै सस्तो भएकाले लगानीकर्ता विस्तारै बैंकिङ समूहमा आकर्षित हुन सक्ने संकेत गरेको छ । बैंकिङ समूहमा सुधार आएमा त्यसले समग्र बजार माथि लैजाने छ । बाँकी समूहहरु पनि यससँगै माथि लाग्नेछन् ।





