नेप्से सूचक सोमबार १.३३ अंकले घटेर ११३२.४० विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से सूचक सोमबार १.३३ अंकले घटेर ११३२.४० विन्दुमा

नेप्से सूचक सोमबार १.३३ अंकले घटेर ११३२.४० विन्दुमा  बिन्दूमा झरेको छ । कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ करोड ४३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ । बैकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादन समूहमा गिरावट आएको छ भने बाँकी उपसूचकमा हरीयाली छाएको छ । यस दिन पनि प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबार हुँदै आएको छ । आज यस बैंकको एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । घोडीघोडा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशमलव ८१ प्रतिशतले बढेको छ ।त्यस्तै एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

Read More