नेप्से ४.०३ अंकले घटेर ११३३.७१ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से ४.०३ अंकले घटेर ११३३.७१ विन्दुमा

नेप्से ४.०३ अंकले घटेर ११३३.७१ विन्दुमा आइपुगेको छ ।  यसदिन १२८ कम्पनीहरुको ११ करोड ३३ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ। ७६ कम्पनीहरुले नवीकरण शुल्क नतिरेका कारण नेप्सेले कारोबार रोक्का गरेपछि दैनिक कारोबार हुने कम्पनीहरुको संख्या घट्दा कारोबार रकम समेत घटेको हो। शुक्रबार ८२ कम्पनीहरुको कारोबार रोक्का गरिएकोमा आइतबार ६ कम्पनीहरुले मात्र नविकरण शुल्क बुझाएपछि अन्य ७६ कम्पनीहरुको सेयर कारोबार रोक्का नै रहेको छ । १६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको प्रभु बैंकको शेयर यस दिन सर्वाधिक कारोबार भएको छ। सो बैंकको यस दिन १ करोड ९ लाखबराबरको ४१ हजार ३ सय २५ कित्ता सेयर खरीद बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । कारोबारमा आएका ११ उपसमूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक ३.२५ प्रतिशत घटेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक यस दिन ०.५५ प्रतिशत, जीवन बीमा समूहको ०.४७ प्रतिशत, अन्य समूहको ०.४२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३९ प्रतिशत, वाणिज्य बैंक समूहको ०.३८ प्रतिशत, होटल समूहको ०.३२ प्रतिशत र जलविद्युत समूहको ०.२२ प्रतिशत घटेको छ। लघुवित्त र विकास बैंक दुबै समूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ भने वित्त समूहको ०.०६ प्रतिशत घटेको छ ।

Read More