बिहीबार नेप्से०.१ अंकले बढेर ११३७.७५ विन्दुमा सिमित भएको छ । १६० वटा कम्पनीको १८ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ र ९ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये ४ समूहका सूचकबाहेक बाँकी सबै समूह हरिया भएका छन् । होटल, विकास बैंक, उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्र बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ । प्रभु बैंकको शेयर खरिदबिक्री रकममा प्रभु बैंक १ करोड ९९ लाख सहित अग्रदेखिएको छ । सानिमा इक्विटीका लगानीकर्ताले सबैभन्दा धेरै ८%का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा महुली सामुदायिक लघुवित्तका लगानीकर्ता छन् । यसको भाउ ६.२५% ले तल झरेको छ ।





