नेप्से परिसूचक ५.०१ अंकले घटेर ११३७.०३ विन्दूमा आएको छ । यो दिन बजारमा १५९ कम्पनीका ७ लाख ३६ हजार ८८३ कित्ता सेयर १९ करोड ६६ लाख १८ हजार ९६३ रुपैयाँमा किनबेच भयो र सबैभन्दा बढी प्रभू बैंकले ५ करोड ४४ लाख बढीको कारोबार भयो । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ११ लाख, मेरो माइक्रोफाइनान्सले ७७ लाख, एभरेष्ट बंैकले ७१ लाख, एनआइसी एशियाले ५९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४८ लाख, कृषि विकास बैंकले ४४ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ४३ करोड बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बंगलादेश बैंकले ४१ लाख र निर्धन उत्थान लघुवित्तले ३८ लाख बढीको कारोबार गरे ।
यसैगरि सो दिन ग्लोबल आइएमई समुन्नत स्कीम १ का इकाईधनी, एनएलजी इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले धेरै कमाए । यी तीनवटै कम्पनीको इकाई तथा सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । मूल्य समायोजनका कारण सिद्धार्थ बैंकको सेयर मूल्य ४.३१ प्रतिशतले घट्यो । मेरो माइक्रोफाइनान्सको सेयर मूल्य ३.४४ प्रतिशतले घट्यो । थोरै बोनस सेयर र बढी नगद लाभांश वितरणको घोषणा गरेको एभरेष्ट बैंकको सेयर मूल्य बुधबार पनि घट्न पुग्यो । यो दिन एभरेष्ट बैंकका सेयरधनीले प्रतिकित्तामा रु। ८ रुपैयाँका दरले सम्पत्ति गुमाए । मंगलबार प्रतिकित्ता ५५४ रुपैयाँ रहेको यो बैंकको सेयर मूल्य बुधबार बजार बन्द हुँदा घटेर ५४६ रुपैयाँमा सीमित बन्न पुग्यो । यसरी यो बैंकका सेयरधनीले बुधबार एकैदिन ६४ करोड २१ लाख भन्दा बढी सम्पत्ति गुमाउन पुगे ।
यस दिन विकास बैंक समूह ७.४३ अंकले बढेको यो दिन जलविद्युत समूह २.७६ अंक र म्युचुअल फण्ड समूह ०.०१ अंकको झिनो बढोत्तरीमा सीमित भए । बैंकिङ समूह ४.९८ अंकले घटेको यो दिन होटल समूहमा १३.२२ अंक, बित्त समूहमा ०.९७ अंक, निर्जीवन बिमा समूहमा १०.८८ अंक, उत्पादन तथा प्रशोधन समूहमा १८.९४ अंक, जीवन बिमा समूहमा १०.८१ अंक, माइक्रोफाइनान्स समूहमा ७.९१ अंक र अन्य समूहमा ८.५२ अंकको गिरावट भयो ।





