५.०८ अंकले बढेर ११४२.०४ बिन्दूमा, २२ करोड माथिको कारोबार ।


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
५.०८ अंकले बढेर ११४२.०४ बिन्दूमा, २२ करोड माथिको  कारोबार ।

मंगलबार अर्थात आज शेयर बजारमा चमक आएको छ। लगातार ओरालो लागिरहेको शेयर बजार आज ५.०८ अंकले बढेर ११४२.०४ अंकमा पुगेको छ। १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ लाख ६५ हजार ८९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये २ वटा समूहका सूचक स्थिर देखिएका छन् भने बाँकी सबै सूचक हरिया बनेका छन् । वाणिज्य बैंक समूहको सूचक ४.५२ अंकले बढेको छ । कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा छ । यसको ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आरएमडीसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.९३५ ले कमाएका छन् । सबैभन्दा धेरै सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ५.८८५ ले गुमाएका छन् ।

 

Read More