साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक १२.०५ अंकले घटेर १,१३६.९६ को विन्दुमा कायम भएको छ । यस दिन १५४ कम्पनीको २१ करोड ८६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ र ८ लाख ३३ हजार ७५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूह १३.४५ अंकले घटेको छ । कारोबार रकममा प्रभु बैंकले अग्रता कायम गरेको छ । यसको २ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ५.८४५ का दरले कमाएका छन् । अधिकतम गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता छन् । यसको भाउ ६.४९५ ले घटेको हो ।





