नेप्से ४.९८ अंक घटेर ११४०.७१ विन्दुमा, रू. २० करोड ३२ लाख बराबरको शेयर कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से  ४.९८ अंक घटेर ११४०.७१ विन्दुमा, रू. २० करोड ३२ लाख बराबरको शेयर कारोबार

बुधवार नेप्से परिसूचक ४.९८ अंक घटेर ११४०.७१ विन्दुमा आएको छ । उक्त दिन रू. २० करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ ।  सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ४३ अंक घटेर २४९ दशमलव ७८ विन्दुमा बन्द भएको छ ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयरमूल्य ६.३८ प्रतिशत बढेको छ । दोस्रोमा अंखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन पावर पार्टनरको शेयरमूल्य ५.३६ प्रतिशत घटेको छ भने प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्यमा ५.५ प्रतिशत घटेको छ ।

उक्त दिन बैंक अफ काठमाण्डूको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको  रू. २ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रोमा बैंक अफ काठमाडौंको रू. १ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. २६० पुगेको छ ।

बुधबार कारोबार भएका १६१ कम्पनीमा ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ । त्यस्तै २८ कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ ।

Read More