मंगलबार नेप्से परिसूचक १०.१३ अंकले बढेर ११४५.६९ विन्दुमा बन्द भएको छ । कुल ३१ करोड १४ लाख माथिको कारोबार भएको छ । यस दिन कारोबारमा वित्त समूहको परिसूचक सर्वाधिक १. ७१ प्रतिशत बढेर बन्द भएको छ । वित्त लगायत बैंकिङ, निर्जीवन बीमा र ‘अन्य’ समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस्तै विकास बैंक, जलविद्युत, लघुवित्त र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेका छन् । परिसूचक २.१८ प्रतिशत घटेर घटेर कारोबार हुनेमा उत्पादन तथा प्रशोधन समूह रहेका छन् भने होटल र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेको छ ।
उक्त दिन नेपाल बंगलादेश बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ६.८५ प्रतिशत बढेको छ । त्यस्तै दोस्रोमा युनाईटेड फाइनान्सको शेयरमूल्यमा ६.५९ प्रतिशत वृद्धि भएको छ । सप्तकोशी विकास बैंकको शेयरमूल्य ९.०९ प्रतिशतले शेयरमूल्य घटेर कारोबार भएको छ । यस्तै शिवम सिमेन्टस्को शेयरमूल्य ५.४५ प्रतिशत घटेर रू. ५२० कायम रहेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य रू. ३० ले कमी आएको हो ।





