नेप्से सूचक आज १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्से सूचक आज १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा

साताको दास्रो दिन अर्थात्  सोमबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । नेप्से सूचक आज १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा पुगेको छ । आज १६ करोड ८८ लाख २८ हजारको शेयर कारोबार भयो । दिनभरिमा १५७ कम्पनीको ६ लाख ३३ हजार कित्ता शेयर कारोबार भयो । आज ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि ०.६८ अंकले बढेर २४७.०२ अंकमा पुगेको छ । तर, कारोबार रकम भने घटेको छ । आज अन्य बाहेक बाँकी सबै उपसुचक पनि सकारात्मक देखिएका छन् । सबैभन्दा बढी जीवन बीमाको शेयर ७१।८६ अंकले बढ्यो । यस्तै, निर्जीवन बीमा ६६।४९, होटल ४९।०२ तथा जलविद्युत २०।१८ अंकले बढ्दा अन्य उपसुचक ६।८२ अंकले घट्यो । सोमबार सबैभन्दा बढी सनराइज बैंकको शेयर कारोबार भयो । सनराइजको शेयर २ करोड १३ लाखको कारोबार हुदाँ प्रभु बैंकको शेयर १ करोड ३१ लाख ११ हजारको कारोबार भयो ।

Read More