नेप्से ४. ६६ अंकले घटेर १,१२४ .१४ को विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
 नेप्से ४. ६६ अंकले घटेर १,१२४ .१४ को विन्दुमा

साताको पहिलो दिन अर्थात् आईतबार नेप्से ४.६६ अंकले घटेर १,१२४.१४ को विन्दुमा कायम भएको छ । आज  १५६ वटा कम्पनीको ९ लाख २४ हजार कित्ता शेयर २४ करोड १४ लाख रुपैयाँमा खरीद बिक्री भयो। कारोबारमा आएका ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै २९ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। बजारमा खरीदभन्दा बिक्रीको चाप बढी हुँदा कारोबार केहि बढेपनि सूचक बढ्न नसकेको हो।

आइतबार प्रभु बैंकको सबैभन्दा धेरै ३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने सानिमा बैंकको पनि २ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै बैंक अफ काठमाण्डूको संस्थापक शेयरको २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २३ लाख, कृषि विकास बैंकको ९६ लाख, शिबम् सिमेन्टसको ९० लाख र एनआइसी एशिया बैंकको ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस दिन उच्च करोबार गर्ने शिर्ष १० कम्पनीको ७ वटा वाणिज्य बैंक रहेका छन्।

Read More