शैक्षिक गुणस्तर अभिवृद्धिमा कृषि विकास बैंकको सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शैक्षिक गुणस्तर अभिवृद्धिमा कृषि विकास बैंकको सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत टोखा नगरपालिका–७, धापासीस्थित तिलिङ्गटार माध्यमिक विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।

आदर्श समाज तिलिङ्गटारको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा कक्षा ६ देखि बीबीएस तहसम्म अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छनोट गरी छात्रवृत्ति वितरण गरिएको हो।

कार्यक्रममा आदर्श समाज तिलिङ्गटारका अध्यक्ष सरोजकुमार पाण्डेले बैंकको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा र हौसला प्रदान गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का अध्यक्ष नरोत्तम राना, टोखा नगरपालिकाका कार्यकारी प्रमुख कमल भट्टराई, शिक्षाक्षेत्रका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

  • MBL - below news