पुष १७ गते मङ्गलबार, पौष कृष्णपक्ष षष्ठी तिथि
मेष
आज तपाईंलाई सामाजिक तथा परोपकारिक कामबाट राम्रो लाभ मिल्नुका साथै व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग पनि मिल्न सक्ने योग छ।
वृष
आज वृष राशिलाई आर्थिक कारोबारमा घाटा, काम तथा व्यवसाय रोकावटको सामना गर्नुपर्ने हुन सक्छ।
मिथुन
आज तपाईंलाई आर्थिक क्षेत्रमा लाभ, सामाजिक क्षेत्र वा कामको क्षेत्रबाट सम्मान मिल्न सक्छ।
कर्कट
आज तपाईंको आर्थिक क्षेत्रहरु सबल भएर जान सक्छन् भने नयाँ लगानी गर्न सक्ने सम्भावना पनि रहन्छ।
सिंह
आज सिंह राशिका काम गर्ने जातकले काममा पदोन्नति वा नयाँ जिम्मेवारी पाउन सक्ने र व्यवसाय गर्नेले राम्रो नाफा कमाउन सक्छन्।
कन्या
आज कन्या राशिका व्यक्तिहरुले लगानी गर्दा वा व्यवसायको क्षेत्रविस्तार गर्दा आर्थिक क्षेत्रमा विशेष ध्यान नदिंदा नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ।
तुला
आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।
वृश्चिक
आज तपाईंलाई गरिरहेको कामबाट खुसी मिल्न सक्ने र काम वा व्यवसायलाई नयाँ ढङ्गबाट अगाडि बढाउने सोच आउन सक्छ।
धनु
आज तपाईंलाई शेयर बजारबाट सामान्य लाभ मिल्न सक्छ भने सामाजिक कामतिर ध्यान जान सक्छ।
मकर
आज तपाईंले आफ्नो व्यवसाय वा काममा अरुको सल्लाह लिँदा अफ्ठ्यारो पर्न सक्ने भएकाले सोचविचार गरेर काम गर्नुपर्ने समय छ।
कुम्भ
आज तपाईंलाई व्यवसायबाट उचित लाभ मिल्न सक्ने, रोकिएका कामहरु तथा लेनदेनहरु मिल्न सक्ने समय छ।
मीन
आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ।
____
२०८० साल पुष महिनाको मासिक राशिफल
मेष
मेष राशि हुनेहरुको लागि पुष महिना सामान्य रहनेछ । सूर्यको गोचर फल अनुसार स्वास्थ्यमा केहि समस्याको सामना गर्नुपरे पनि आर्थिक क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने अवसर छ । यात्रा त्यति फलदायक नहुन सक्छ । पहिले लगानी गरेकोबाट राम्रो लाभ भएपनि नया लगानी गर्ने समय छैन। अरुलाई धन सापटी दिँदा फिर्ता हुन गाह्रो पर्न सक्छ।
वृष
वृष राशि हुनेहरुको लागि पुष महिना सामान्य नै छ । सूर्यको गोचर अनुसार काममा वा व्यवसायमा केहि नयाँ समस्या पनि देखा पर्न सक्ने भएकाले काममा अलिक मेहनत गर्नुपर्ने छ। आर्थिक क्षेत्र सामान्य नै रहन सक्ने छ तर खर्च गर्दा सचेत हुन जरुरी छ। सहि व्यक्तिसंग मात्र सल्लाह लिएर काम गर्दा राम्रो होला।
मिथुन
मिथुन राशि हुनेहरुको लागि पुष महिना राम्रो रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ। काममा पदोन्नति हुन सक्ने सम्भावना छ । अरुको कुरामा सोचविचार नगरी लाग्दा भने समस्या हुन सक्ने भएकाले गर्दा ध्यान दिनुपर्ने देखिन्छ।
कर्कट
कर्कट राशि हुनेहरुको लागि यो पुष राम्रो रहनेछ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्नेछ। व्यवसायमा वृद्धि हुनेछ।आयआर्जनमा पनि राम्रो सुधार हुनेछ। शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ।
सिंह
सिंह राशि हुनेहरुको लागि पुष महिना सामान्य छ । परिवारमा स्वास्थ्य सम्बन्धि समस्या आउनाले खर्च बढ्न सक्ने छ । सोचेको व्यक्तिबाट पनि सहायता नमिल्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। महिनाको अन्त्यतिरबाट आम्दानीमा केहि सुधार आउने छ।
कन्या
कन्या राशि हुनेहरुको लागि पुष महिना सामान्य रहनेछ। काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। महिनाको अन्त्यतिरबाट काम वा व्यवसायमा सुधार हुने र आम्दानीमा पनि सुधार हुन सक्छ।
तुला
तुला राशि हुनेहरुको लागि पुष महिना राम्रो रहनेछ । काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला। आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन् । नजिकका साथीभाई वा आफन्तको सरसहयोग पनि प्राप्त गर्न सकिनेछ । नयाँ अबसरहरु पनि मिल्न सक्ने समय रहेको छ।
वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि पुष महिना राम्रै रहनेछ । आम्दानी का नया स्रोत खुल्ने छन् । नोकरीको क्षेत्रबाट सफलता मिल्ने छ । अरुलाई दिएको धन फिर्ता नहुन सक्ने रहेकाले लेनदेन गर्दा सचेत रहनुपर्ने छ। कामको कारणले गर्दा मानसिक तनाब पनि बढ्न सक्ने छ।
धनु
धनु राशि हुनेहरुको लागि पुष महिना मध्यम रहला । । आर्थिक क्षेत्र तेती सबल नहोला । सफलताको लागि कडा मेहनत गर्नुपर्ला। स्वास्थ्यमा समस्या र मानसिक तनाब हुन सक्ने रहेकाले स्वास्थ्यमा पनि ध्यान दिनुपर्ला। काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।
मकर
मकर राशिको लागि पुष महिना सामान्य छ । लगानी गर्दा पनि ध्यान दिनुपर्ने छ । स्वास्थ्य सम्बन्धि समस्याले गर्दा धन खर्च हुन सक्ने सम्भावना छ। महिनको अन्तिमतिर बाट काममा प्रगति र आर्थिक क्षेत्रमा सुधार हुन सक्ने योग छ।
कुम्भ
कुम्भ राशिको लागि पुष महिना राम्रो हुनेछ । सूर्यको गोचर अनुसार तपाईंको राशिबाट एघारौँ स्थानमा यो महिनाभरि रहने भएकाले गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ। व्यवसायमा वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ ।
मीन
मीन लागि पुष महिना राम्रो छ । सूर्य यो महिनाभरि तपाईंको राशिबाट दशौँ राशिमा रहने भएकाले उचित मेहनतले गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ। आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुस्टि मिल्न सक्ने छ। खर्च बढ्न सक्ने पनि रहेकाले सचेत रहनुपर्नेछ।
_________Read More_______________



